coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा २४ घन्टामा ४० हजार बढी सङ्क्रमित

बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्। यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ। गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ। यो सहित यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन्। बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App