६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

जी २० शिखर सम्मेलन सुरु : कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित

इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ।

आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन्। सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन्।

कोरोनाभाइरसको महामारीका कारण आफूहरू सम्मेलनमा भौतिक रुपमा उपस्थीत हुन नसकेको बैठकस्थलमा नजानु भएका नेताहरूले स्पष्ट पारेका छन्। सम्मेलनमा विषेशगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइहेको जनाइएको छ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शिर्षकमा छलफल केन्द्रीत भएको थियो।त्यसैगरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रीत छलफल हुने जनाइएको छ।  

जी २० अन्तर्गत अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन्।

प्रकाशित: १३ कार्तिक २०७८ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App