४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघद्धारा युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ। हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम घोषणा गरेको हो।  

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आग्रह गरेका छन्। उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।  

प्रकाशित: ३१ आश्विन २०७८ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App