coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले काबुल नियमित उडान सुरु गर्ने

पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः सुरु गर्ने भएको छ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ।  

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो। सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो।  

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो।  

त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए। तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन्।

प्रकाशित: २७ भाद्र २०७८ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App