११ कार्तिक २०७८ बिहीबार
अन्तर्राष्ट्रिय

पञ्जशीर उपत्यका कब्जा गरेको तालिबानको दाबी

तालिबानले अफगानिस्तानको पञ्जशीर उपत्यका कब्जा गरेको दाबी गरेको छ। तालिबानले न्युज एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै आफूहरुले पञ्जशीर कब्जा जमाइसकेको दाबी गरेको हो। राजधानी काबुलबाट उत्तरमा रहेको यो घाटी अफगानिस्तानको सबैभन्दा सानो प्रान्तहरू मध्ये एक हो। हाल तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त रहेको छ।

पञ्जशीर उपत्यकाको भविष्य अझै पनि अन्योलमा रहेको छ। शुक्रबारदेखि पञ्जशीर र तालिबान लडाकुबीच लडाइँ जारी रहेको छ। तालिबानले कब्जा जमाइसकेको दाबी गरेपनि अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन्।

तालिबान र एनआरएफबीच संघर्ष जारी रहेको र सयौं मानिसको मृत्यु भएको बताइएको छ। बीबीसीलाई पठाएको भिडियो सन्देशमा पूर्वउपराष्ट्रपति सालेहले दुवै पक्षका मानिस मारिएको र केही घाइते भएको बताएका छन्।  

सन् १९९६ देखि २००१ मा तालिबानको शासनको दौरान पनि यो क्षेत्र उनीहरूको नियन्त्रणमा कहिले पनि रहेन। पञ्जशीर घाटीमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो।

प्रकाशित: १९ भाद्र २०७८ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App