८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा ६७.७२ करोडले पाए कोरोनाविरुद्धको खोप

भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप ६७.७२ करोडले लगाएका छन्।  

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन्। तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  

त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यो सङ्ख्या ९७.४३ प्रतिशत हो।

भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ।  

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।  

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

प्रकाशित: १९ भाद्र २०७८ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App