७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कश्मीरका मुसलमानका पक्षमा बोल्नु हाम्रो अधिकार हो: तालिबान प्रवक्ता

तालिबानका प्रवक्ता सुहैल शाहीनले जम्मू–कश्मीरका मुसलमानको पक्षमा बोल्न पाउनु आफ्नो अधिकार भएको बताएका छन्। बीबीसीसँगकोअन्तर्वार्ताका क्रममा सुहैल शाहीलले अमेरिकासँग दोहामा भएको सम्झौताअनुसार कुनै पनि देशको विरुद्धमा सशस्त्र अभियान सञ्चालन गर्नु आफूहरुको नीति नभएको पनि बताए।  

शाहीनले भने, ‘एक मुसलमानका नाताले, भारतको कश्मीरमा वा कुनै पनि देशका मुस्लिमका लागि आवाज उठाउने अधिकार हामीसँग छ।’ उनले भने, ‘हामी आवाज उठाउँछाै र मुसलमान हाम्रा हुन्, आफ्ना देशका नागरिक हुन्। आफ्नो कानून अनुसार उनी समान छन्।’

भारत केही समय यता अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहदै आएको छ। आलोचकाअनुसार २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा मुस्लिम विरुद्धका क्रियाकलाप बढेका छन्। तर भारतीय जनता पार्टी (भाजपा) भने यी आरोपलाई अस्वीकार गर्दै आएको आएको छ।  

जम्मू–कश्मीरको स्वायत्ता अन्त्य गर्ने भारतको निर्णय र यसलाई लागु गर्ने तरिका कारण कश्मीरी नागरिकले निरासा व्यक्त गर्दै आएका छन्। कश्मीर चार दशकदेखि भारत र पाकिस्तानका बीच विवादका कारण केन्द्रमा रहँदै आएको छ। अब पाकिस्तान समर्थित तालिबानको अफगानिस्तानमा आगमनले भारतमा विभिन्न आशंका गरिदै आएको छ।

प्रकाशित: १९ भाद्र २०७८ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App