coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

पाकिस्तानमा टिकटक भिडियो बनाएको आरोपमा एक महिलामाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भएको छ। लाहोरको एउटा पार्कमा एक महिलामाथि दुर्व्यवहार भएको हो।  

घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा मानिसहरुको एउटा समूहले लाहोरको एउटा पार्कमा टिकटक भिडियो बनाइरहेकी ती महिलालाई लछारपछार गरी लुगा फुकालिदिएको देखाइएको छ।  

भीडले ती युवतीलाई आफ्ना साथीबाट अलग गरेर उनका गहन, पैसा, मोबाइल फोन लुटेर भुईमा फालिदिएको थियो। त्यसपछि लुगा खोलेर युवतीलाई दुर्व्यवहार गरिएको थियो।  

प्रहरीले आक्रमणमा संलग्न ४० जनाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य ६६ जनाको खोजी भइरहेको छ। दुर्व्यवहारबारे चासो नदेखाएको भन्दै दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन्। आक्रमणको विभिन्न राजनीतिक दलका नेताले निन्दा गरेका छन्।  

पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष विलवाल भुट्टोले घटनाले सम्पूर्ण पाकिस्तानी लज्जित भएको टिप्पणी गरेका छन्। महिलामाथि दुर्व्यवहार गर्ने देशको सूचीमा पाकिस्तान छैटौ स्थानमा पर्छ। सन् २०१९ मा गरिएको एक सर्बेक्षणअनुसार पाकिस्तानमा भएका बलात्कारका मुद्दामध्ये जम्मा ३ प्रतिशतको मात्र कानुनी प्रक्रिया पूरा हुन्छ।

प्रकाशित: १० भाद्र २०७८ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App