६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा आज शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्। 

भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ।  

स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो। भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।  

प्रकाशित: २ असार २०७८ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App