८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ओबामाले दोहोर्‍याएका थिए सपथ

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पहिलो पटक राष्ट्रपतिमा निवार्चित भएपछि लिएको सपथ ग्रहणमा उच्चारण भएका शब्दको सिलसिला नमिलेपछि दोस्रो पटक सपथ लिनुपरेको थियो। 

उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वाेच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। त्यसपछि उनले दोस्रो पटक सपथ लिनुपरेको थियो। 

अमेरिकी संविधान अनुसार ‘म इमानदारीका साथ संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको कार्यान्वयन गर्नेछु’ भन्नुपर्नेमा ओबामाले ‘म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको इमानदारीका साथ कार्यान्वयन गर्नेछु’ भनेपछि उनले दोहोर्‍याएर सपथ खानुपरेको थियो। 

अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रम संसद्भवन क्यापटोल हिलमा सार्वजनिक रूपमा आयोजना गरिन्छ। तर दोहोर्‍याएर गराइएको सपथ ग्रहण भने ह्वाइट हाउसमा सीमित पत्रकारको उपस्थितिमा भएको थियो। ओबामाको पहिलो सपथ ग्रहण प्रक्रिया पूरा नभएका कारण दोहोर्‍याएर सपथ लिँदा प्राविधिक रूपमा अमेरिका केही समयका लागि राष्ट्रपतिविहीन बनेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७८ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App