६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कर्नाटकमा १४ दिन कर्फ्यू

भारतको कर्नाटकमा आजदेखि १४ दिनका लागि कर्फ्यू जारी भएको छ। यस प्रदेशका उपमुख्यमन्त्री सीएन आश्वत नारायणले सोमबार दिएको निर्णय अनुसार यो आदेश जारी गरेका हुन्। मंगलबार सुरु भएको यो कर्फ्यू १० मे सम्म जारी हुने भएको छ।  

यस क्रममा अत्यावश्यक कामबाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन्। बिहानको ६ बजेदेखि रातीको १० बजेसम्म अति कडा रहने छ। यस्तै, अत्यावश्यक काममा मात्र निस्कने पाइने उनले बताए।  

यसका साथै कालोबजारी कम गर्न राशनमा चामलको सट्टा मंडवा तथा रागी दिने उनले बताए । यसले गर्दा मंडवाको किसानलाई पनि मद्दत पुगेका कारण यस्तो नीति ल्याएको उनले जनाए। बिगत २४ घण्टामा १४३ को मृत्यु र ३४ हजार ८०४ सङ्क्रमित भएपछि यस्तो निर्णय लिएको हो।

प्रकाशित: १४ वैशाख २०७८ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App