coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छत्तीसगढमा माओवादी विद्रोहीसँगको भिडन्तमा २२ भारतीय सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि गरेकाे आक्रमणमा परि उनीहरूकाे मृत्यु भएकाे हाे। 

इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार उनीहरुको शव छत्तिसगढको विजापुर गाउँको एक जंगल नजिक भेटिएको छ। त्यहाँबाट २० जनाको शव निकालिएको छ। माओवादीहरुले उनीहरुको हतियार, जुत्ता र लुगा पनि लगेको समाचारमा उल्लेख छ। यस अघि शनिबार प्रहरीले ५ जवानलाई शहिद पुष्टि गरेको थियो र अन्य २१ जना जवान हराइरहेको बताएको थियो।  

शनिबार त्यहाँ भएको आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमणको संज्ञा दिइएको छ। भारतका गृहमन्त्री अमित शाहले घटनालाई लिएर गहिरो दुःख व्यक्त गरेका छन्।  उनले मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने उनले बताएका छन्। 

घटनामा घाइते भएका ३० जनालाई अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये २३ जना घाइतेलाई विजापुर अस्पताल र ७ जनालाई रायपुरको अस्पतालमा भर्ना गरिएको छ। सबैको अवस्था खतरा भन्दा बाहिर रहेको भनिएको छ। 

प्रकाशित: २२ चैत्र २०७७ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App