८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किन मनाईन्छ अप्रिल फूल ?

अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख। आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन। यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन्। तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन्।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले।

१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो। तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो। यसरी नै अप्रिल फूलकाे सुरूवात भएकाे हाे। 

प्रकाशित: १९ चैत्र २०७७ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App