६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्याे

भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २१ लाख ४८  हजार ४ सय ८७ जना पुगेको छ। सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ५ सय २ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ।  

कूल संक्रमितमध्ये पाँच लाख ५३ हजार ९३३ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन्। भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म ६ करोड  १० लाख भन्दा बढीले खोप लगाइसकेका छन्।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। मंगलबार एकै दिनमा ७ लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ। रासस

प्रकाशित: १८ चैत्र २०७७ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App