coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीलाई श्रीमतीको पछाडि अर्कै स्त्रीसंग सम्बन्ध राखेको आरोप

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई श्रीमतीको आँखा छलेर अर्कै स्त्रीसंग सम्पर्कमा रहेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनलाई ३६ वर्षीय अमेरिकी व्यवसायी जेनिफर आर्करीले आफुसँग शारिरिक सम्पर्क राखेको आरोप लगाएकी छिन्।

उनका अनुसार २०१२ देखि २०१६ सम्म उनी र बोरिस प्रेममा थिए। त्यतिबेला जोनसोन लण्डन शहरका मेयर थिए। आर्करीका अनुसार जोनसनले एकपटक श्रीमती मारिना ह्विलर काममा रहेकी छिन् भन्दै आर्करीलाई घरमै बोलाएर शारिरिक सम्बन्ध राखेको बताएकी छिन्।  सन् २०१६ को सुरुवातदेखि भने सम्बन्धमा दरार आउन थालेको आर्करीले जनाएकी छिन्। 

त्यसअघि आफुले जोनसोनलाई न्युड फोटो तथा अश्लिल सन्देशहरु पनि पठाउने गरेको उनले दाबी गरेकी छिन्। २०१६ को अन्त्यतिर भने उनी माथियु हिक्कीसँग गहिरो प्रेममा परिन् र यतिबेला उनी गर्भवती पनि भइसकेकी थिइन्। केही समयपछि उनले हिक्कीसँग नै बिहे गरिन्।  

सार्वजनिक कार्यालयमा जोनसोनले कुनै आपराधिक काम गरेको अहिलेसम्म नदेखिएको द इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्टले जनाएको छ।  यद्यपी उनले नैतिक मापदण्डका आधारभूत मान्यता भंग गरेको हुनसक्छन्। सार्वजनिक पद धारण गरेका व्यक्तिले यस्तो अनैतिक हर्कत गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा विवाद निम्तिएपछि ग्रेटर लण्डन अथोरिटी ओभरसाइट कमिटीले यसबारे छानविन गरिरहेको बताएको छ। 

प्रकाशित: १७ चैत्र २०७७ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App