८ वैशाख २०७८ बुधबार
अन्तर्राष्ट्रिय

उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु

उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।  

प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए।

उक्त भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएको उनले बताए। हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन्।

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७७ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?