८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको हेल्मन्डमा आठ जना विद्रोही मारिए

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ।  

हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो। सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु भएको थियो।

सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जनाएको छ। हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित: ११ फाल्गुन २०७७ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App