७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापानमा १० दिनको अवधिमा २०७ जना महिलाले गरे आत्महत्या

जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ।  धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भयावह देखिएको छ।  

२०२० मा पहिलोपटक ११ बर्षमा आत्महत्या दर बढेको तथ्यांकले देखाएको छ।आत्महत्या गर्ने महिलाको गत वर्षको अक्टोबर महिनाको तथ्यांकको तुलनामा यस बर्षको करिब ७० प्रतिशतले बढेको हो। धेरै पटक आफूलाई मार्ने प्रयास गरिरहेकी एक महिलालाई भेटेर कुुरा गर्दा उनको अनुभवले आत्महत्या रोक्नको लागि काम गर्नेप्रति बढी आदर र सम्मान भरियो।

जापानको योकोहामाको रेड लाइट जिल्लामा 'ब्रान्ड प्रोजेक्ट' छ। जसले आत्महत्या रोक्नको लागि काम गरिरहेको छ। जून ताचिबाना ब्रान्ड प्रोजेक्टकी संस्थापक हुन्। उनले आफ्नो कामका क्रममा उनको टेबलको अगाडि छोटो कपाल भएकी एक १९ वर्षीया महिला बसिरहेकी थिईन्। उनको अनुहारमा कुनै भाव थिएन। निडर भएर उनले ताचिबानालाई आफ्नो कथा भन्न सुरू गरीन्। उनी भन्छिन् कि १५ बर्षको उमेरमा यो घटना सुरु भयो। उनको जेठो भाईले उनलाई हिंस्रक व्यवहार गर्न थाल्यो। उनी अन्ततः आफ्नो घरबाट भागिन्। तरपनि यसले उनको पीडा र एक्लोपनलाई कम गरेन।  

उनले सबिस्तार सुनाउँदै गईन्, 'गत वर्ष म धेरै पटक अस्पताल गएँ। मैले आफूलाई एक पटक भन्दा बढी मार्ने प्रयास गरें। तर म यसमा सफल हुन सकिँन। त्यसैले अब मैले प्रयास गर्न छोडिदिएँ। बन्ड प्रोजेक्टले उनलाई आत्महत्या प्रयास छोड्न मद्दत गर्‍यो। परियोजनाका मानिसहरूले उनका लागि सुरक्षित स्थान खोजे र उनको परामर्श सुरु गरे।'

ताचिबाना चालीस वर्ष भन्दा बढी भईन्। उनी जीवनमा धेरै राम्रा कामहरु गर्न चाहान्छीन्। उनी भन्छिन्, 'जब महिलाहरू साँच्चिकै पीडामा हुन्छन् तिनीहरूलाई के गर्ने थाहा हुदैन। हामी उनीहरूको समस्या र उनीहरूका भावनाहरू सुन्न यहाँ छौं। हामी उनीहरूलाई भन्न चाहन्छौँ कि हामी तपाईंसँगै छौँ।'  

कोरोना महामारीले महिलाहरुका लागि स्थिति खराब बनायो जो शारीरिक र यौन उत्पीडनको शिकार बन्न पुगे। ताचीबानालाई एक महिलाले भनेकी थिईन् कि उनको बुबाले उनलाई यौन शोषण गरिरहेछन्। उनको बाबु कोभिडको कारण कोठामै थुनिएर बस्नुपर्यो जस्ले गर्दा उनले आफ्नो बाबुबाट पनि असुरक्षित बन्न पुगिन्। जापानमा यस्ता घटनाहरु धेरै बाहिरिए।  

विकासोन्मुख देशहरु मध्य जापानको आत्महत्या दर सबैभन्दा बढी छ। गत दशकमा आत्महत्या दर झन्डै एक तिहाइले घटाउन सफल भएको थियो तर एकाएक आत्महत्या दरमा वृद्धि भएको छ। प्रोफेसर मिचिको उदा आत्महत्याको मुद्दामा काम गर्ने प्रख्यात जापानी विशेषज्ञ हुन्। उनका अनुसार गत केही महिनामा आत्महत्याका घटनाहरुको वृद्धि आश्चर्यजनक छ।

उनले भनिन् महिलाहरुमा आत्महत्या गर्ने यो ब्यवस्था असुरक्षित छ। मैले यस मुद्दाको अनुसन्धान गर्ने क्रममा त्यस्तो बृद्धि भएको देखेकी थिईन। कोरोना भाइरसले धेरै जसो महिलाहरुलाई पर्यटन र खाद्य व्यवसाय जस्ता व्यापक रूपमा काम गर्ने उद्योग ध्वस्त पारेको छ  बेरोजगार बनेका छन्। यसले गर्दा पनि आत्महत्यामा वृद्धि भएको पाइन्छ।

जापानमा एकल महिलाको संख्या बढ्दो छ। धेरै महिलाले विवाह गर्नुको सट्टा अविवाहित रहने निर्णय गर्दैछन् किनकि उनीहरूले विवाहमा परम्परागत रूपमा निर्धारित भूमिका निर्वाह गर्न चाहाँदैनन्। उनीहरुले विवाह नगरी स्वतन्त्र रुपमा बाँच्ने अधिकारको सुनिश्चित गरेका छन्। प्राध्यापक उदा बताउँछिन् महिला अझै रोजगारीमा बस्न सक्ने बढी सम्भावना छन् जुन अनिश्चित छ। उनी भन्छिन्, धेरै महिलाहरू विवाहित छैनन्। तिनीहरू आफैंले बाँच्नु पर्छ। तिनीहरूको स्थायी जागिर हुँदैन। जब कुनै घटना घट्छ उनीहरूले सबैभन्दा बढी प्रभाव पार्छ। गत आठ महिनामा त्यस्ता रोजगारमा बढी प्रभाव परेको देखिएको छ।  

यसमध्ये एक महिनामा महिलाको आत्महत्याको तथ्यांकमा पनि उल्लेखनीय आएको छ। गत वर्षको अक्टोबरमा ८ सय ७९ महिलाले आत्महत्या गरे। २०१९ को तुलनामा याे महिनाको तथ्यांकमा यो ७० प्रतिशत भन्दा बढि छ। जापानका समाचार पत्रहरूका शीर्षकहरू आत्महत्याको खबरको बारेमा असन्तुष्ट थिए। कसै कसैले अक्टोबरमा आत्महत्या गर्ने जम्मा संख्यालाई कोरोना भाइरसको बखत आत्महत्याको कुल संख्यासँग तुलना गरेका थिए। अक्टुबर महिनामा आत्महत्याका २ हजार १ सय ९९ घटना  रिपोर्ट गरिएको छ जबकी जापानमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २ हजार८७ मात्र रहेको छ। 

गत वर्ष सेप्टेम्बर २७ मा एक प्रसिद्ध जापानी अभिनेत्री युको ताकेची उनको घरमा मृत भेटिइन्। पछि उनले आत्महत्या गरेको पुष्टि भयो भनेर खबर छापियो। पूर्व पत्रकार यासुयुकी शिमिजु जापानमा आत्महत्याको समस्या समाधान गर्ने संस्था चलाउँछिन्। उनी भन्छिन्, जब सेलिब्रेटीको मृत्युको खबर आयो त्यस दिनदेखि आत्महत्याका घटनाहरू बढ्दै गए र १० दिनसम्म त्यस्तै रह्यो। तथ्यांकका अनुसार २७ सेप्टेम्बरमा अभिनेत्रीलेले आत्महत्या गरिन् त्यस १० दिनको अवधिमा जापानमा  २ सय७ जना महिलाले आत्महत्या गरे।  

यदि तपाईंले तथ्यांकलाई नजीकबाट हेर्नुभयो भने तपाईंले पाउनुहुनेछ कि युको ताकेची उमेरका महिलाहरूले यस अवधिमा बढी आत्महत्या गरे।शिमिजु भन्छिन्,४० बर्ष भन्दा माथिका महिलाहरु अन्य उमेर समूह भन्दा बढी प्रभावित थिए। यी आत्महत्या दर भन्दा दोब्बर थियो। अन्य विज्ञहरू पनि सहमत छन् कि सेलिब्रिटी आत्महत्या र त्यसपछिको आत्महत्याको बिचमा केही सम्बन्ध छ।

सेलिब्रेटीको आत्महत्या पछि मिडिया र सोशल मिडियामा जति चर्चा गरिएको हुन्छ यसले कमजोर मानिसहरूलाई असर गर्छ। र उनीहरु आत्महत्याको बाटो राजीरहेका हुन्छन्। यस्तो रिपोर्टले उनीहरुलाई आत्महत्या गर्न प्रेरित गरिरहेको तथ्यांकले देखाएको छ।(बिबिसि हिन्दीको सहयोगमा)

प्रकाशित: १० फाल्गुन २०७७ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App