७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो

सांकेतिक तस्बिर।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १ सय९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८ सय५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।  

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३ सय८५ जना पुगेको छ। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि हालसम्म एक करोड भन्द १० भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।  

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ। बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बिहीबार एकै दिनमा मात्र छ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।

प्रकाशित: १० फाल्गुन २०७७ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App