हलिउड स्टार किम कार्दशियनले उनका श्रीमान अमेरिकी र्यापर कान्ये वेस्टसँग विवाह गरेको लगभग ७ वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ।
रिपोर्टका अनुसार शुक्रवार अदालतमा सम्बन्धविच्छेद याचिका दायर गरेकी छिन्। यद्यपि यसबारे अझ बढी जानकारी खुलेको छैन। दम्पतीले यस बारे कुनै आधिकारिक घोषणा गरेका छैनन्।
रिपोर्टका अनुसार किमले आफ्नो पतिलाई सम्बन्धविच्छेद गर्न लस एन्जलसका एक वकिल लाउरा वसारलाई काममा लिइन्। पछिल्लो महिना यो रिपोर्ट गरिएको थियो कि ती दुई अलग बस्छन् र चाँडै नै सम्बन्धविच्छेद हुनेवाला छ। ती दुई बिच केही राम्रो हुँदै गइरहेको थिएन। दुवैले विवाह सल्लाहकारको सल्लाह पनि लिइरहेका थिए।
कथित रूपमा ४० वर्षे किम लस एन्जलसमा आफ्ना चार बच्चाहरूसँग लामो समयदेखि बसिरहेकी छिन्। ४३ वर्षे कान्ये पश्चिम व्योमिंगमा रहेको आफ्नो फार्म हाउसमा बस्दैछन्।
किम र कान्येले २०१४ मा इटालीमा विवाह गरेका थिए। उनीहरूका चार बच्चाहरू छन्। उनीहरुको सम्बन्धको सुरुवात सन् २०१२ मा भएको थियो। उक्त समयमा किम अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पत्नी थिइन्। उनले सन् २०१३ मा क्रिससँग सम्बन्धविच्छेद गरेकी थिइन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०७:५३ आइतबार