coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोभिडविरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ। 

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८सय८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २सय१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १सय१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १४ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ५६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। 

हाल भारतमा एक लाख ३७ हजार ३४२ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १३४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ८७ लाख ३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र सात लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड१९ परीक्षण गरेको जनाइएको छ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App