coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ। सतना जाँदै गरेको यात्रु बस नहरमा खसेको हो।

दुर्घटनामा हालसम्म कम्तिमा ३८ जनाको शव बाहिर निकालिएको छ। भने ११ यात्रुलाई उद्धार गरिएको छ। बसमा करीव  ६० जना यात्रुहरू थिए।

सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

यद्यपी बसमा सवार अन्यको खोजीकार्य जारी छ। मृत्यु हुनेको संख्या बढी हुन सक्ने आशंका व्यक्त गरिएको छ।

प्रकाशित: ४ फाल्गुन २०७७ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App