coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ७२औं गणतन्त्र दिवस मनाइँदै

आज भारतमा आज ७२औं गणतन्त्र दिवस मनाइँदैछ। सो अवसरमा राजपथमा परेडको आयोजना गरिएको छ। यसवर्ष कोरोनाका कारण परेडको स्थिती फेरिनेछ। ५५ वर्षमा पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुने छैन। यसअघि भारतमा सन् १९५२, १९५३ र १९६६ मा पनि गणतन्त्र दिवसका बेला कोही प्रमुख अतिथिको उपस्थिती भएको थिएन।

आज परेडमा कस्ता परिवर्तनहरू देख्न सकिन्छ?

-परेडमा समावेश हुने झाँकीको संख्या ७० बाट घटाएर ३२ गरिएको छ। यीमध्ये १७ झाँकी राज्य र केन्द्र शासित राज्यको हुनेछ। ९ झाँकी भिन्न भिन्न मन्त्रालयको हुनेछ। ६ झाँकी सुरक्षाबलको हुनेछ।

-परेडमा समावेश सबैले फेस मास्क लगाउने छन्। प्रवेशद्वारमा नै सबैको थर्मल स्क्रिनिङ हुनेछ र सबैको हात स्यानिटाइज गरिनेछ।

-सवा लाख मानिसको साटो यसपटक २५ हजार मानिसले नै राजपथमा परेड हेर्न पाउने छन्।  १५ वर्षभन्दा साना र ज्येष्ठ नागरिकलाई राजपथमा जान अनुमति छैन।

-पहिला परेड ८.२ किमी लामो हुन्थ्यो। विजय चोकदेखि लालकिलासम्म जान्थ्यो। यसपटक ३.३ किमी लामो हुनेछ। विजय चोकबाट नेशनल स्टेडियमसम्म जानेछ।  

-पहिलो पटक राफेल देखिने छ। यो ठाडो चार्ली ढाँचामा उडान हुनेछ।

-वीरता पुरस्कार र शौर्य पुरस्कारको परेड जितेका बच्चाहरु पनि ७२औं गणतन्त्र दिवस समारोहमा भाग लिने छैनन्।

-विद्यालय र कलेजका १ सय विद्यार्थीहरूले प्रधानमन्त्री बक्सबाट गणतंत्र दिवस परेड हेर्न मौका पाउनेछन्।

प्रकाशित: १३ माघ २०७७ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App