७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८ सय ४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५ सय ३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।  

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १ सय ५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३ सय ३९ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ८४ हजार ४ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा एक साता अघिदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भईसकेको छ।  

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १ सय ९७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७ सय९९ को मृत्यु भइसकेको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १७ लाख ६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। शनिबार एकै दिनमा मात्र सात लाख ८१ हजार ७ सय ५२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ। रासस

प्रकाशित: ११ माघ २०७७ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App