५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

कर्नाटकमा डायनामाइट विस्फोट हुँदा ८ मजदुर मारिए

भारतीय राज्य कर्नाटकको शिवमोगामा बिहीबार दिउँसो करिब १० बजे एउटा डायनामाइट विस्फोट भएको छ। जसमा ८ जना मजदुर मारिएका छन्। रिपोर्टका अनुसार केही व्यक्ति ट्रकमा जिलेटिन छडहरू लिएर गइरहेका थिए। शिवमोगा जिल्लाको अब्बालगेरे गाउँ नजिक विस्फोट भएको थियो। विस्फोट यति तीव्र गतिमा भएको थियो कि यो शिवमोगाको नजिकैको जिल्ला चिक्मागलुरसम्म छरिएको थियो। र वरपरका क्षेत्रहरुमा भूकम्पको जस्तो झट्का महसुस गरिएको थियो।

विस्फोटले वरपरका घरहरूका शीशा समेत फुटेका छन्। सुरुमा मानिसहरूलाई भूकम्प आएको जस्तो लागेर मानिसहरू त्रासले घर बाहिर निस्किएका थिए। शिवमोगा कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो।

शिवमोगाका डिप्टी कमिश्नर केबी शिवकुमारका अनुसार विष्फोट भएको सबै क्षेत्रलाई घेराबन्दी गरिएको छ। उनले घटनास्थलमा अझै विस्फोटक पदार्थ हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रकाशित: ९ माघ २०७७ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App