७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

वर्षभरीको पाप पखाल्न रुसी राष्ट्रपतिले माइनस १४ डिग्रीको पानीमा मारे डुबुल्की

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको तस्वीर आधिकारिक ट्विटर ह्यान्डलबाट पोष्ट गरिएको छ। यसको भिडियो रूसमा टिभीमा पनि देखाइएको थियो। पुटिनले बरफो पानीमा तीन पटक डुबुल्कि मारेका छन्। पुलको वरिपरि हिउँ जमेको छ।

वास्तवमा पुटिनले एक ईसाई भक्तको रीति अनुसरण गरेका हुन्। रुसमा प्रचलित अर्थोडक्स क्रिस्चियानिटीमा जनवरी महिनामा मनाइने एपिफेनी नामक पर्वमा मानिसहरू चिसो पानीमा डुबुल्की लगाउँछन्। धर्मनिष्ठ व्यक्तिका रूपमा पुटिनले चिसो पानीमा स्नान गरेका हुन्। एपिफेनीको अवसरमा परम्परागत रूपमा नजिकको नदी वा पोखरीमा जान्छन् र बरफ जमेको पानीमा डुबल्की लगाउँछन्। जसले गर्दा सबै किसिमका पापहरू धोइन्छ भन्ने मान्यता रहँदै आएको छ।  

रूसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयदेखि दबंग नेताको रूपमा देखाइएको छ जसले रसियालाई पश्चिमी विश्वबाट बचाउँदै आएका छन्। तर अब रूसी मिडियामा उनको छवि मसीहाको रूपमा पनि कोरिएको छ। २०१८ मा देशको सबैभन्दा ठूलो सरकारी च्यानल रोजिया १ मा एक कार्यक्रम चलाइएको थियो। त्यो कार्यक्रममा उत्तरमा लडोगा ताल नजिकैको टापुमा अवस्थित वल्लम नामको मठसँग सम्बन्धित थियो। उक्त पुटिनको मनपर्ने ठाउँ मानिन्छ। यस कार्यक्रममा  पुटिनको नेतृत्वमा सोवियत संघलाई सैन्य आस्थाको युगमा ल्याइएको देखाइएको थियो।

प्रकाशित: ७ माघ २०७७ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App