४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

कोरोना खोप लगाएका कर्नाटक र मुरादाबादका स्वास्थ्यकर्मीको मृत्यु

कोरोनाभाइरस विरुद्ध लड्ने खोप लगाएका भारतको कर्नाटक र  उत्तर प्रदेशको मुरादाबादका स्वास्थ्यकर्मीको मृत्यु भएको छ। शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर खोपको लगाएका कारण स्वास्थ्यकर्मीको मृत्युको नभएको विज्ञहरूले स्पष्ट पारेका छन्।  

दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ। शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो। त्यस्तै आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको बताइएको छ।  

यस सम्बन्धमा, जयदेव इन्स्टिच्युट कार्डियोलोजी एण्ड रिसर्च सेन्टरका निर्देशक डा.सीएन मञ्जुनाथले भनेका छन्, 'स्वास्थ्यकर्मीको मृत्यु एक संयोग मात्र हो। यसको खोपसँग कुनै सम्बन्ध छैन।'

यद्यपी उनीहरुको मृत्यु कोरोना खोपको साइड इफेक्टका कारण नभई  हृदयघातका कारण भएका पोस्टमार्टम रिपोर्टमा खुलिसकेको  सञ्चार माध्यममा उल्लेख छ।

प्रकाशित: ६ माघ २०७७ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App