८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गुजरातको फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक हिड्यो, ३ शिशुसहित १५ जना मारिए

भारतको गुजरातमा एउटा ठूलो दुर्घटना भएको छ। सुरत भन्ने स्थानको कोसम्बा क्षेत्रमा सडकमा सुतिरहेका मजदुरहरुमाथि ट्रक अनियन्त्रित भइ २० जनालाई कुल्चेको छ। ३ नवजात शिशुसहित १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

सबै मजदुर राजस्थानको बन्सवारा जिल्लाको कुशलगढका भएको प्रहरीले जनाएको छ। फुटपाथमा सुतिरहेका उनिहरुमाथि अनियन्त्रित ट्रक गुडेको थियो १२ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ भने ८ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। घाइते भएका थप ३ जनाको सुरतको सरकारी अस्पतालमा मृत्यु भएको हो।  

घटनास्थलमा रहेका एक मजदुर राजुले भनेका छन्, 'म दुर्घटनास्थलबाट अलि टाढा रहेको फुटपाथमा सुतिरहेको थिएँ। ट्रकको एउटा ठूलो आवाजले मेरो निद्रा खोल्यो। मैले सुत्ने मानिसहरूबाट केही टाढा ट्रक चढेको देखें। धेरै मानिसहरू यसमा मारिए। घाइतेहरुको शरीरबाट रगत बगिरहेको थियो। चारैतिर चिच्याइरहेको थिए।'  

घाइतेलाई अस्पताल ल्याइएको छ। भर्ना भएका व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ माघ २०७७ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App