१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

गरिब देशका नागरिकलाई खोपको अभाव भए महामारीको अन्त्य नहुने डब्लूएचओको चेतावनी

कोरोना भाइरस महामारीविरुद्ध बनेको खोप गरिब देशहरुमा भइरहेको अभाव सबैभन्दा ठूलो खतरा आउन सक्ने भन्दै यसले महामारीको अन्त्य हुन नसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरस खोप लिनको लागि प्रतिस्पर्धा गरिरहेको यस दौडमा विश्वको सबैभन्दा गरीब देशहरू पछाडि पर्ने डर रहेको बताएका हुन्।  

उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, एकातिर कोरोना खोपले हाम्रो लागि आशा ल्याएको छ अर्कोतर्फ यसबाट उत्पन्न हुने वास्तविक खतरा पनि बाहिर आउँदैछ। धनी देशहरू र विश्वका गरीब देशहरूबीच असन्तुष्टि को एउटा पर्खाल बनेको छ।

टेड्रोसले भनेका छन्, ‘न्युन र मध्यम आय  भएका मुलुकका स्वास्थ्यकर्मी पनि धनी देशका स्वास्थ्यकर्मी जत्तिकै सुरक्षाका लागि योग्य छन्। उनले खोप वितरणमा समानता ल्याउनु मुलुकको नैतिक दायित्व मात्र नभई रणनीतिक र आर्थिक स्तरमा पनि महत्वपूर्ण हुने बताए।

उनले भ्याक्सिन लिन प्रतिस्पर्धाका कारण विश्वका विपन्न जोखिममा पर्ने छन् र यसै कारण महामारी पूर्ण रूपमा अन्त्य हुने छैन। उनले सबै देशलाई  वर्षको पहिलो सय दिन भित्र सबै स्वास्थ्यकर्मीहरु र विश्वका वृद्धहरुलाई कोरोना खोप दिन अपील गरेका छन्।

विगत धेरै महिनादेखि संगठनले सबै मुलुकमा समान रूपमा खोप वितरण गर्न संघर्ष गरिरहेको छ। यस संस्थाले पाँच उत्पादकहरुबाट २ बिलियन खोप प्राप्त गरेको छ र यो खोपको एक अर्ब डोज पाउने आशा छ। संस्थाले फेब्रुअरीमा मानिसहरूलाई खोप दिन सुरु गर्ने प्रमुख टेड्रोसले बताएका छन्।

प्रकाशित: ६ माघ २०७७ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App