७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाइडेनको शपथ समारोह अघि अमेरिकामा 'अलर्ट'

२० जनवरी अगाडि अमेरिकाका सबै ५० राज्यहरू र डिस्ट्रिक्ट अफ कोलंबिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको छ। जो बाइडेनको शपथ ग्रहणमा सम्भावित हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो।

६ जनवरीमा भएको हिंसात्मक घटना पुनः नदोहोरिओस् भन्दै देशभरबाट अमेरिकी सेनाहरुलाई अलर्ट रहन वाशिंगटन पठाइएको छ। एफबीआईले सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुद्वारा सम्भावित हिंसाको लागि चेतावनी दिएको छ।

डीसीमा नेसनल शपिङ मल बन्द गरिएको छ। कडा सुरक्षाको बीचमा राजधानीको सडकमा सुरक्षाको लागि तारबार लगाइएको छ। बाइडेनको टोलीले अमेरिकीहरूलाई कोरोना महामारीको कारण राजधानीमा ठूलो भीड नगर्न आग्रह गरिसकेको छ।

स्थानीय अधिकारीहरूले मानिसहरूलाई आ-आफ्नो घरबाट उक्त समारोह हेर्न अपील गरेका छन्। यद्यपी ट्रम्पका समर्थकहरूले जनवरी १७ मा आन्दोलनको धम्की दिएका छन् र वाशिंगटन डीसीमा र्‍याली निकाल्ने पनि बताएका छन्।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै धेरै समूहले समर्थकहरूलाई टाढा रहन भनेका छन्। मेरील्याण्ड, न्यू मेक्सिको र यूटाका गभर्नरहरूले सम्भावित प्रदर्शन हुनु अघि आपतकालिन अवस्था घोषणा गरेका छन्।

क्यालिफोर्निया, पेन्सिलभेनिया, मिशिगन, भर्जिनिया, वाशिंगटन र विस्कन्सिनले आफ्ना सुरक्षा गार्डहरू अर्लट राखेका छन्।

प्रकाशित: ४ माघ २०७७ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App