१४ माघ २०७७ बुधबार
अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख पुग्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २०२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो मङ्गलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ। सिन्ह्वा

प्रकाशित: २९ पुस २०७७ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App