coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व स्वास्थ्य संगठनले चीनद्वारा उत्पादन कोरोना खोपको अध्ययन गर्दै

विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ।  

 विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन्। उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताए।

महानिर्देशक गेबरियसले भनेका छन्,'मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ।'  

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ। सिन्ह्वा

प्रकाशित: २९ पुस २०७७ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App