७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोना नियन्त्रण गर्न मलेसियामा आपतकालिन घोषणा

मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले कोभिड-१९ लाई रोक्न मंगलबार देशभर आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सो आपतकालिन स्थिति अगस्ट १ वा त्यसभन्दा अघिसम्म पनि रहन सक्ने मलेसियन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

अल सुल्तान अब्दुल्लाले भने, 'कोभिड-१९ को संक्रमण ज्यादै बढेको छ। त्यसैको नियन्त्रणका लागि आपतकालिन घोषणा गरेका छौं।'  

विज्ञप्तिका अनुसार प्रधानमन्त्री मुहिद्दीन यासीनले संक्रमणको संख्या रोक्न यो नै सक्रिय उपायका रूपमा रहेकाले आपतकालिन घोषणा गर्न अनुरोध गरेका थिए।

सोमबार मोहिद्दीनले देशव्यापी यात्रा प्रतिबन्ध र राजधानी क्वालालम्पुर र ५ राज्यहरुमा १४ दिने लकडाउनको घोषणा गरे। यहाँ दैनिक नयाँ संक्रमणको संख्या बढ्दै गइरहेको छ। गत हप्ता पहिलोपटक ३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार रहेको छ भने ५ सय ५५ जनाको मृत्यु भएको छ।

प्रकाशित: २८ पुस २०७७ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App