१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप

पछिल्लो हप्ता अमेरिकाको संसद भवनमा भएको हिंसामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा उनको विरुद्ध दुई महाअभियोग प्रस्ताव पेश गरेको छ।

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ। अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ। महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ। यद्यपी यस विषयमा बुधबार छलफल हुने बताइएको छ।  

सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन्। राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ। त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन्।

महाअभियोग प्रस्ताव पास होला?  

डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार फेरि ट्रम्पलाई हटाउने कोसिस गरे। संसद भवनमा आक्रमण हुनुको दोष ट्रम्पमाथि लगाइयो र ट्रम्पका कारण देशको सुरक्षा व्यवस्थालाई खतरामा पारेको आरोप लगाइएको छ ।

दुई महाभियोग प्रस्तावहरू पेश गरिएको छ जसमा डेमोक्र्याटिक पार्टीका सदस्य इल्हान उमरले तयार पारेका छन्। यस पार्टीको अर्को जेमी रस्किनले तयार पारेको छ।

सुरुमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार अमेरिकी संविधानको धारा २५ प्रयोग गरेर उपराष्ट्रपति माइक पेन्स र मन्त्रिमण्डलका सदस्यहरुलाई ट्रम्पलाई हटाउन माग गरेका थिए।

महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ। यसको मतलब रिपब्लिकन पार्टीका महत्वपूर्ण सदस्यहरूले राष्ट्रपतिको विरुद्धमा मतदान गर्नुपर्नेछ।

प्रकाशित: २८ पुस २०७७ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App