coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विदेशीलाई थप १४ दिन इन्डोनेसिया प्रवेश निषेध

विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ। कोरोना भाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन्।  

यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिबन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए।  

सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागु गर्न लागेको पनि उनले बताए।

राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि प्रतिबन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन्।

सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेसिया प्रवेश नपाउने भएका छन्। इन्डोनेसियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो।

विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेसियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ। सिन्ह्वा  

प्रकाशित: २८ पुस २०७७ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App