८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसिया विमान दुर्घटना: विमानका टुक्राहरु भेटिए

इन्डोनेसियाका उद्वारकर्ताहरूले आइतवार बिहान दुर्घटनाग्रस्त भएकाे विमानका टुक्राहरू जावा सागरमा फेला पारेका छन्।  

बिहानदेखि सुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन्। विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ।  

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको थियो। राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ।  

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो। राति स्थगित गरिएको उद्वार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।

प्रकाशित: २६ पुस २०७७ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App