१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट १ करोड ३ लाख ४० हजारभन्दा धेरै संक्रमित

सांकेतिक तस्वीर

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजार नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको संख्या एक करोड  तीन लाख ४० हजार ४६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार बिहान जनाएको छ।  

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २ सय १४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार ६४९ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८६७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ४३ हजार ९५३ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिललीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार ७६१ को हाराहारीमा नमूना परीक्षण गरेको छ।

प्रकाशित: २० पुस २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App