coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्ततः ट्रम्पले बाइडेनकाे जित यसरी स्वीकार गरे

चुनावको नतिजा अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः जो बाइडेन विजयी भएको कुरा स्वीकार गरेका छन्।  

नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई उनले अन्तरिम काल (सत्ता सम्हाल्नुअघि) को काम सुरु गर्न बाटो खुला गरेका हुन्।

चुनावमा भएको धाँधलीविरुद्ध आफ्नो कानुनी संघर्ष जारी रहने बताउँदै उनले राष्ट्रिय हितका लागि अहिलेलाई बाइडेनको अन्तरिम प्रशासन टोलीले आवश्यक प्रक्रिया अघि बढाउन सक्ने जानकारी दिएका हुन्।  

ट्विटरमार्फत ट्रम्पले जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) की प्रमुख एमिली मर्फीको टोलीलाई बाइडेनको अन्तरिम प्रशासन सञ्चालनमा सहयोग गर्न निर्देशन दिएका हुन्।  

बाइडेनले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि अन्तरिम प्रशासनका काममा पहुँच पुर्याउने मुख्य जिम्मेवारी त्यही टोलीको हो।  

यही नोभेम्बर ३ मा भएको मतदानमा बाइडेन विजयी भइसकेका छन्। तर ट्रम्पले मतदानमा अनियमितता भएको आरोप लगाउँदै हुलाकी मत बदर गर्न तथा पुनः मत गणना गर्न माग राखेर कानुनी लडाइँ गरिरहेका छन्।  

नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि यस अघिदेखि नै अन्तरिमक कालको काम थालिसकेका थिए।  

बाइडेनले आगामी जनवरी २० तारिख राष्ट्रपतिको पद सम्हाल्ने छन्। 

प्रकाशित: ९ मंसिर २०७७ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App