८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनको चेतावनी : हङकङका विषयमा हाम्राे धेरै आलोचना नगर, आँखा निकालिदिन्छौं

चीनले आफूलाई आरोप लगाउने अमेरिकालगायत पश्चिमा देशलाई ‘आँखा झिकिदिने’ चेतावी दिएको छ।  

गत हप्ता चीनले राष्ट्रिय सुरक्षाका लागि खतरा देखिएका सांसदलाई बर्खास्त गर्न हङकङ सरकारलाई प्रस्ताव गरेपछि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाले चीनको तीव्र आलोचना गरिरहेका छन्।  

चीनको प्रस्तावबमोजिम गत हप्ता हङकङ सरकारलेले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरेको छ।  

त्यसपछि माथि उल्लिखित पश्चिमा मुलुकले हङकङका निर्वाचित सांसदलाई समेत अयोग्य ठहर्‍याउने नयाँ नियम बनाएको भन्दै चीनको आलोचना गरिरहेका छन्।

यसैविरुद्ध चीनले आफ्नो आलोचना गर्नेहरूको आँखा झिकिदिने चेतावनी दिएको हो।  

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्, ‘हाम्रो मामिलामा हस्तक्षेप नगर, आलोचना बन्द गर, अन्यथा आँखा निकालिदिन्छौं।’ 

बिबिसीका अनुसार उनले चिनियाँ नागरिक कसैसँग नडराउने चेतावनी पनि दिएका छन्। 

प्रकाशित: ६ मंसिर २०७७ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App