coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

आइतबार भर्जिनियाको गल्फ कोर्टमा रहेका ट्रम्पले बाइडनलाई विजेता भएको बताएकोमा मिडियामाथि निसाना साँधेका थिए। 'मिडियाले कहिलेदेखि हाम्रो अबको राष्ट्रपति को भन्ने तय गर्न थाल्यो? वितेका दुई हप्तामा हामीले धेरै सिकेका छौं,' उनले भनेका छन्।

यस भन्दा केही अघि मेलानिया ट्रम्पले एक ट्वीट गर्दै सबै भोटको गणाना हुनु पर्ने बताएकी थिइन्। सीएनएनमा एक अपुष्ट रिपोर्ट प्रकाशित भएपछि उनले ट्वीट गर्दै भनेकी छन्, 'अमेरिकाको पारदर्शी चुनाव भन्ने गरिन्छ। सबै बैध भोटको गणना हुनुपर्छ।'  

सीएनएनको एक रिपोर्टमा मेलानिया, डोनाल्ड ट्रम्पलाई चुनावको नतिजा स्वीकार गर्न आग्रह गरिरहेकी छन् भनिएको थियो।

 

 

प्रकाशित: २४ कार्तिक २०७७ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App