८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मीर भिडन्तमा मारिए चरमपन्थी समूहका कमान्डर, भारत भन्छ : ठूलो सफलता

भारत-प्रशासित कश्मीरमा भारतीय सेनासँगको भिडन्तमा चरमपन्थी समूह हिजबुल मुजाहिद्दिनका प्रमुख कमान्डर सैफुल्लाह मिरको मृत्यु भएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रममा भएको मुठभेडमा उनी मारिएका हुन्। उनका सहायकलाई भने पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ।  

सेनासँग भिडन्त हुँदा घाइते हुने अतिवादीहरूको उपचार गर्ने सैफुल्लाहलाई मुसैब वा डाक्टर सैफी पनि भनिन्थ्यो।

समाचार एजेन्सी एएफपीका अनुसार कश्मीरका प्रहरी महानिरीक्षक विजय कुमारले भनेका छन्, ‘मुठभेड़मा मारिएका सैफुल्लाह अतिवादी हिजबुल मुजाहिद्दिन अपरेसनका चिफ कमान्डर हुन्। यो हाम्रा लागि ठूलो सफलता हो।’

यसअघि उक्त समूहका प्रमुख रहेका रियाज नाइकु भारतीय सेनासँगकै भिडन्तमा मारिएपछि सैफुल्लाह प्रमुख कमान्डर बनेका थिए।  

प्रकाशित: १७ कार्तिक २०७७ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App