coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनतर्फ औंला तेर्स्याउँदै अमेरिकाले भन्यो : हामी भारतको साथमा छौं

अमेरिकाका विदेशमन्त्री पम्पिओ र भारतका विदेशमन्त्री जयशंकर। तस्बिर : दैनिक भास्करबाट

भारत र अमेरिकाका विदेशन्त्री र रक्षामन्त्रीबीच तेस्रो ‘टु प्लस टु’ बैठक भारतको नयाँदिल्लीस्थित हैदरवाद हाउसमा भएको छ।  

दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। 

यसअन्तर्गत भारतले मिसाइल हमलाका लागि विशेष अमेरिकी तथ्यांक प्रयोग गर्न सक्नेछ। जसले कुनै क्षेत्र पहिचानका लागि सही संकेत दिनेछ।  

संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज (मंगलबार) आफू युद्ध स्मारक गएको बताए। त्यस क्रममा आफू भारतका ती वीर सेना, जसले भारतका लागि आफ्नो ज्यान दिए, प्रति श्रद्धाञ्जलि अर्पण गरेको सुनाए।  

तिनमा ती २० सेना पनि पर्छन्, जो गत जुन १५ तारिख पूर्वी लद्दाखको गलवान उपत्यकामा चीनका सैनिकसँग झडप हुँदा मारिएका थिए। 

उनले भने, ‘भारत आफ्नो अखण्डताका लागि खतरासँग जुधिरहेको छ र हामी पनि भारतको साथमा छौं।’

प्रकाशित: ११ कार्तिक २०७७ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App