coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा निकै घट्यो कोरोना संक्रमण दर

भारतमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार तीन महिनायता पहिलोपटक एक दिन (२४ घण्टा) मा ४० हजारभन्दा कम जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो।  

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा कोरोना पुष्टि भएको हो। विगतको तुलनामा यो निकै कम हो।  

सोही अवधिमा कोरोनाका कारण ४ सय ८८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

योसमेत गर्दा भारतमा कोरोना संक्रमितको कूल संख्या ७९ लाख ४६हजार ४२९ पुगेको छ भने १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।  

प्रकाशित: ११ कार्तिक २०७७ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App