८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा पढाइरहेका बेला बम विस्फोट, ७ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

घटनास्थल। तस्बिर : बिबिसी

पाकिस्तानस्थित एक मदरसा (धार्मिक पाठशाला) मा पढाइरहेका बेला बम विस्फोट भएको छ। घटनामा ७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन्।  

घटनास्थलमा रहेका एक अधिकारीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिकासमेत छन्।  

यो हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो।  

अहिलेसम्म यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार विस्फोट स्थानीय समयाअनुासर बिहान साढे ८ बजे भएको हो।

खैबर पख्तुनख्वा प्रान्तका मन्त्री तैमुर झगडाले विस्फोटमा ७ जनाको मृत्यु र ७० भन्दा बढी व्यक्ति घाइते भएको पत्रकारलाई जानकारी दिएका छन।  

प्रहरीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिका पनि छन्। यस्तै एक अधिकारीले न्युज एजेन्सी एएफपीलाई घटनामा २ शिक्षक पनि घाइते भएको बताएका छन्।

एक वरिष्ठ प्रहरी अधिकारी वकार अजिमले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘पाठशालाभित्र कसैले बम राखेर गएको रहेछ।’

प्रकाशित: ११ कार्तिक २०७७ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App