coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर सिरियामा रुसले गर्‍याे हवाई हमला, ५० भन्दा धेरै लडाकुकाे मृत्यु

उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएकाे रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

घटनामा कैयौं लडाकु घाइते भएको बिबिसीले जनाएको छ।  

‘फेयलक अल साम’ संगठनको प्रशिक्षण आधारलाई लक्ष्य गरी आक्रमण गरिएको हो। यसपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा भएको युद्धविराम खतरामा परेको छ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार धेरै जना घाइतेको अवस्था गम्भीर छ, जसले गर्दा मृतकको संख्या बढ्न सक्छ।  

मार्चमा युद्धविराम भएयता गरिएको यो सबैभन्दा ठूलो हमला भएको हो।  हमला इडलिब सहरको उत्तर(पश्चिममा भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।  

सिरियामा ९ वर्षदेखि गृहयुद्ध जारी छ।  

प्रकाशित: ११ कार्तिक २०७७ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App