१३ मंसिर २०७७ शनिबार
अन्तर्राष्ट्रिय

कस्तो हुन्छ दीर्घ कोभिड ?

क्याप्शन

दीर्घ कोभिडको यकिन लक्षण प्रत्येक बिरामीमा फरक(फरक पाइन्छ तर एउटा साझा लक्षण भने निरन्तरको थकान हो। ४८ वर्षीया बोर्नलाई मार्च महिनामा ज्वरो र खोकी आयो। सास फेर्न पनि गाह्रो भएपछि स्वास्थ्यकर्मीले अक्सिजन दिए।

उनी अस्पताल भर्ना भइनन्। तर अक्टोबर लागिसक्दा समेत उनी दीर्घ कोभिडबाट ग्रसित छन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर पनि उनलाई बेलाबेला गम्भीर अस्वस्थ्यता अनुभव भइरहन्छ। आफ्नो कुकुरलाई डुलाउन लैजाने जस्तो साधारण काम गर्न पनि उनलाई गाह्रो हुने गर्छ।

उनले बीबीसीलाई भनिन्, 'मलाई अचम्मसँग जोर्नी दुख्ने गर्छ र दुई साता अगाडि मैले स्वाद तथा गन्ध पूर्णतस् गुमाएँ। लाग्छ जीउभरि सुन्निएको छ।'

यस्तो अवस्था बेहोर्ने उनी एक्ली होइनन्। अध्ययनको अनुमान अनुसार:

* प्रत्येक सातजनामध्ये एकजना कम्तीमा चार साता बिरामी पर्छन्

* प्रत्येक २० जनामध्ये एकजना कम्तीमा आठ साता बिरामी पर्छन्

* प्रत्येक ४५ मध्ये एकजना कम्तीमा १२ साता बिरामी पर्छन्

किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कस्ता सङ्क्रमित दीर्घ कोभिडको खतरामा छन् भन्ने पत्ता लगाउने कम्प्युटर कोडको निर्माण गरेका छन्।

यो एकदमै भरपर्दो त छैन। तर यसले कसलाई दीर्घ कोभिड होला भनेर करिब ६९ प्रतिशत बिरामीहरूको भने ठ्याक्कै अनुमान गर्न सकेको छ।

साथै चाँडै निको भएपनि पछि दीर्घ कोभिड हुनसक्ने एक चौथाइ बिरामीको पनि यसले ठ्याक्कै अनुमान गर्न सक्यो।

डा. स्टिभ्स भन्छिन्, 'हामीलाई लाग्छ यो एकदमै महत्त्वपूर्ण छ किनभने यसबाट हामीले जोखिममा रहेकाहरूलाई दीर्घ रोग लाग्नै नदिन कस्ता रणनीति अँगाल्नु पर्छ अनि लागिहाले कस्ता उपचारात्मक काम गर्नु पर्छ भन्ने पत्ता लगाउन सघाउ पुग्छ।'

कोभिड लक्षण अनुसन्धान समूहका अगुवा प्राध्यापक टिम स्पेक्टर भन्छन्, 'मृत्युको साथसाथै हामीले दीर्घ कोभिडबाट ग्रसित हुनेहरूका बारेमा पनि सोच्नु महत्त्वपूर्ण छ।'

स्वास्थ्य तथा सामाजिक स्याहारसम्बन्धी मन्त्री म्याट ह्यान्कक भन्छन्, 'कोभिड लक्षण समूहले गरेको अध्ययनको नतिजा गम्भीर छन्। यसले आम मानिस, खासगरि युवा वर्गलाई, कोभिड १९ कति गम्भीर छ र यसका सम्भाव्य खतरनाक परिणाम कस्ता हुन्छन् भन्ने बारे सजग गराउनुपर्छ।'

यूकेको सरकारले दीर्घ कोभिडका लक्षणबारे जनचेतना जगाउने उद्देश्यका साथ नयाँ फिल्म बनाएको छ।

राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले इङ्ग्ल्याण्डको हरेक भूभागमा दीर्घ कोभिडका उपचार केन्द्र सुरु गर्न एक करोड पाउण्डको प्याकेज घोषणा गरेको छ।

प्रकाशित: ११ कार्तिक २०७७ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App