८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतको नयाँ युद्ध रणनीति : निहुँ खोज्यो भने उसकै भूमिमा गएर आक्रमण गर्ने

अजित डोभाल

भारतले आफ्नो नयाँ सुरक्षा रणनीतिअन्तर्गत अब कसैबाट खतरा देखियो भने आक्रमण गरिहाल्ने चेतावनी दिएको छ।

द टाइम्स अफ इन्डियाका अनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत आफ्नो भूमिमा मात्र होइन, आफूलाई खतरा देखिएमा अरू देशमै छिरेर लड्ने चेतावनी दिएका हुन्।  

द टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार उनले यसअघि भारतले कहिले पनि अरूविरुद्ध पहिले आक्रमण नगरेको तर नयाँ रणनीतिक सोचले पहिले आफूले कारबाही गर्नुपर्ने रहेछ भन्ने देखाएको बताएका हुन्।  

उनले भनेका छन्, ‘हामीले तपाईंले चाहेकै ठाउँमा युद्ध गर्नुपर्छ भन्ने छैन, जहाँ खतरा देखिन्छ, भारतले त्यहाँ युद्ध छेड्छ।’

डोभालले यसलाई ‘नयाँ भारतको सोच’ नाम दिएका छन्। तर उनले यो भनाइ कुनै देशविरुद्ध नभई ऐतिहासिक सन्दर्भका क्रममा उल्लेख गरेको स्रोतले जनाएको छ।  

तर केही समययता भारत र चीनका सेनाबीच सीमा क्षेत्र लद्दाखमा विवाद भइरहेको छ। उक्त क्षेत्रको गलवान उपत्यकामा गत जुन १५ गते हिंसात्मक झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो। 

त्यसयता दुई देशकाे सम्बन्ध नराम्ररी बिग्रिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: १० कार्तिक २०७७ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App