८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सामसुङ कम्पनीका अध्यक्ष लीको निधन

ली कुन-ही

विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन-हीको निधन भएको छ। ७८ उनको  शनिबार निधन भएको हो।  

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लीको निधन आफ्नै निवासमा भएको हो। तर कारण खुलाइएकाे छैन। ली हृदयाघातबाट पीडित थिए। 

स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको सामसुङले जनाएको छ।  

लीका श्रीमती, दुई छोरी र एक छोरा छन्। 

सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ। एएनआई

प्रकाशित: ९ कार्तिक २०७७ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App