८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू

फाइल तस्बिर : चीनका राष्ट्रपति सी चिनफिङ

पूर्वी लद्दाखमा भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङलाई आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्।  

भारतीय पत्रिका दैनिक भास्करको दाबीअनुसार एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिबरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्।  

सी मंगलबार गुआङडोङ प्रान्तस्थित सैन्य आधार क्षेत्रको भ्रमणमा गएका थिए। छाओझु सहरस्थित पीएलए मरिन कोर्प्स भ्रमण गर्ने क्रममा चिनियाँ राष्ट्रपति सीले सेनालाई भने, ‘देशप्रति इमान्दार र प्रतिबद्ध बन्नू। युद्धका लागि दिल–दिमागबाटै उच्च तयारीमा लाग्नू।’

गुआङडोङ प्रान्तमा निर्मित सेनझेन विशेष इकोनोमिक जोनको ४०औं स्थापना दिवसका अवसरमा राष्ट्रपति सी त्यहाँ पुगेका थिए।  

यसअघि मंगलबार नै चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार बेच्न ‘डिल’ गरिरहेकाे भन्दै चीनले त्यसकाे जवाफ दिने चेतावनी दिएकाे थियाे। 

प्रकाशित: २९ आश्विन २०७७ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App