जम्मु–कश्मीरमा आतंककारीको हमलाबाट दुई भारतीय प्रहरीको मृत्यु भएको छ तीन जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामा जिल्लाको पम्पोरमा आतंककारीको समूहले हमला गर्दा भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) का २ सुरक्षाकर्मीको मृत्यु भएको हो।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार हमलामा ५ जवान घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा २ जनाको निधन भएको हो। तीन जनाको उपचार जारी छ।
हमला दिउँसो १२ः५० बजेतिर भएको थियो। सिआरपिएफका ११० बटालियन र जम्मु–कश्मीर प्रहरीको संयुक्त टोलीविरुद्ध आतंककारी समूहले गोली चलाएको हो। उनीहरूको खोजी भइरहेकाे र घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: १९ आश्विन २०७७ १०:२३ सोमबार